धरानकी प्रतिभाशाली टेबल टेनिस खेलाडी दीक्षा दाहालले बनेपामा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता–२०८३अन्तर्गत महिला एकल विधामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्न सफल भएकी छन्।
प्रतियोगिताभर उत्कृष्ट खेल प्रस्तुत गरेकी दाहालले उपाधिसँगै नगद रु. ४० हजार पुरस्कार प्राप्त गरेकी छन्। उनको यस सफलताले धरानको खेलकुद क्षेत्रलाई राष्ट्रिय स्तरमा थप चिनाएको छ।
दीक्षा दाहालको यस उपलब्धिप्रति खेलप्रेमी तथा धरानवासीले खुसी व्यक्त गरेका छन्। उनको यो सफलता आगामी पुस्ताका खेलाडीहरूका लागि समेत प्रेरणाको स्रोत बन्ने विश्वास गरिएको छ।





