कोरा राइड २०२६ धरानमा भव्य रूपमा सम्पन्न भएको छ। करिब २०० भन्दा बढी साइकलयात्रीहरूको सहभागिता रहेको यस राइडले धरानमा उत्साहपूर्ण वातावरण सिर्जना गरेको थियो। भानुचोकबाट सुरु भएको राइड भोटेपुल, क्याम्प गेट, डिपो स्कुल, रेलवे चोक, मंगलबारे, इस्कोन मन्दिर, जिरो प्वाइन्ट, फुस्रे, कृषि बजार, रेडक्रस, बुढासुब्बा मन्दिर, पिण्डेश्वरी मन्दिर, देउराली, महादेव चोक हुँदै लाङ्घाली सामुदायिक वनमा पुगेर सम्पन्न भएको थियो।

कार्यक्रममा प्रदेशका पर्यटन मन्त्रीको विशेष उपस्थिति रहेको थियो। हरेक वर्ष आयोजना हुँदै आएको कोरा रन यसपालि पनि धरानमा भव्य रूपमा सम्पन्न भएको हो। स्वास्थ्य, वातावरण संरक्षण र साइकल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो राइडले सहभागीहरूमा उत्साह र सकारात्मक सन्देश फैलाएको छ।





