
धरान । धरान–१५ स्थित धरान सिटी फुटबल क्लबको आयोजनामा जारी मनमोहन स्मृति फुटबल प्रतियोगिता–२०८३ अन्तर्गत आज सम्पन्न सेमिफाइनल खेलमा डिपो स्कुलले लिगामेन्ट रेसिडेन्सियल स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। प्रतियोगिता धरान–१४ स्थित हात्तिसार खेल मैदानमा सञ्चालन भइरहेको छ।

प्रतिस्पर्धात्मक खेलमा डिपो स्कुलले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै निर्णायक गोल गर्न सफल भएको थियो। उक्त गोल नै खेलको नतिजा तय गर्ने गोल बन्यो। जितसँगै डिपो स्कुल प्रतियोगिताको उपाधिनजिक पुगेको छ भने लिगामेन्टको यात्रा सेमिफाइनलमै टुंगिएको छ।

धरानका विभिन्न ८ विद्यालयहरूको सहभागिता रहेको प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरिरहेको आयोजकले जनाएको छ। प्रतियोगिताको फाइनल खेल डिपाे स्कुल र पर्भात स्कुल बिच पर्सि १२ गते दिउसो १ बजे हात्तिसारको खेल मैदानमा हुनेछ।





