
धरानस्थित श्री पिण्डेश्वर बाबाधाममा MRR धरानद्वारा आयोजित साप्ताहिक भजन–कीर्तन श्रद्धा, भक्ति र उत्साहका साथ सम्पन्न भएको छ। कार्यक्रममा उल्लेख्य संख्यामा श्रद्धालु भक्तजनको सहभागिता रहेको थियो भने स्वयंसेवकहरूको सक्रिय सहयोगले कार्यक्रमलाई थप व्यवस्थित र भक्तिमय बनाएको थियो ।

आयोजकले कार्यक्रममा सहभागी सम्पूर्ण भक्तजन, स्वयंसेवक तथा सहयोगीप्रति हार्दिक आभार व्यक्त गर्दै श्रावण महिनाभर हरेक सोमबार पिण्डेश्वर बाबाधाममा विशेष भजन कार्यक्रम आयोजना हुने जानकारी दिएका छन्।

त्यसैगरी, यस हप्ताको बुधबार धरानस्थित दन्तकाली मन्दिरमा पनि गुप्त नवरात्रको अष्टमीको दिन विशेष भजन–कीर्तन कार्यक्रम आयोजना हुने भएकाले सम्पूर्ण श्रद्धालु भक्तजनलाई परिवार, साथीभाइ तथा आफन्तसहित उपस्थित भई भक्तिभावमा रमाउन हार्दिक निमन्त्रणा गरिएको छ।

आउनुहोस्, भजनमार्फत सनातन संस्कार, आध्यात्मिक चेतना र सकारात्मक ऊर्जा फैलाउने यस अभियानमा सहभागी बनौँ।
जय होस्, कल्याण होस्। 🕉️🙏










