धरानमा श्रम संस्कृति पार्टीभित्र विवाद चुलियो, केही सदस्यद्वारा सामूहिक पार्टी परित्याग घोषणा

२०८३ जेष्ठ २०, बुधबार
पढ्ने समय : < 1 मिनेट

धरानमा श्रम संस्कृति पार्टीसँग आबद्ध केही केन्द्रीय, प्रदेश तथा साधारण सदस्यहरूले सामूहिक रूपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन्। सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा पार्टी नेतृत्वले गरेको प्रतिबद्धता पूरा नगरेको, निर्णय प्रक्रियामा असहमति रहेको तथा उम्मेदवारी सम्बन्धी विषयमा धोका भएको आरोप लगाइएको छ।

आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धरान उपमहानगरपालिकाको नगर प्रमुख तथा वडा तहमा उम्मेदवारी दिने उद्देश्यसहित केही सदस्य पार्टी प्रवेश गरेका थिए। तर, पार्टी अध्यक्षसँग भएको छलफल र प्रतिबद्धताविपरीत नगर प्रमुखको उम्मेदवारका रूपमा अर्का व्यक्तिलाई सामाजिक सञ्जालमार्फत घोषणा गरिएको आरोप उनीहरूले लगाएका छन्।

पार्टी अध्यक्षले पटक–पटक नगर प्रमुखको उम्मेदवार बनाउने आश्वासन दिए पनि अन्ततः त्यसअनुसार निर्णय नभएको उल्लेख छ। यसप्रति असन्तुष्टि जनाउँदै उनीहरूले नैतिकताको आधारमा पार्टीको साधारण सदस्यता समेत नरहने गरी सामूहिक पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय