नेपाल पत्रकार महासङ्घ सुनसरीको १४ औं साधारण सभा : चार पत्रकार सम्मानित

२०८३ जेष्ठ ६, बुधबार
पढ्ने समय : 2 मिनेट

नेपाल पत्रकार महासङ्घ सुनसरीको १४ औं साधारण सभाले विभिन्न चार विधामा चार जना पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ। कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाले स्थापना गरेका स्मृति पुरस्कारहरू प्रदान गरिएका छ्न ।

जिल्लाका चार फरक क्षेत्रका पत्रकारहरूले उक्त सम्मान प्राप्त गरेका छन्। सबै पुरस्कारहरू सम्मानपत्रसहित वितरण गरिएको  छ !

पुरस्कृत पत्रकारहरूमा इनरुवाकी पत्रकार शशि कोइराला, इटहरीका विवेक भट्टराई, धरानकी रश्मि प्रधान र झुम्काका सुनिल चौधरी रहेका छन्।

विभिन्न पुरस्कार तथा सम्मान विवरण यसप्रकार छन् :

१. चन्द्रलक्ष्मी स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार–२०८३ : अग्रज पत्रकार शालिग्राम पाण्डे र मेनुका पाण्डेले स्थापना गरेको यो पुरस्कार इनरुवाकी पत्रकार शशि कोइरालालाई प्रदान गरिएको छ।

२. प्रेस स्वतन्त्रता सेनानी याम प्रधान स्मृति पत्रकारिता पुरस्कार : यो सम्मान इटहरीका पत्रकार विवेक भट्टराईले प्राप्त गरेका छन्।

३. डम्बरबहादुर कार्की स्मृति पत्रकारिता पुरस्कार : यो पुरस्कार धरानकी पत्रकार रश्मि प्रधानलाई प्रदान गरिएको छ।

४. रेवन्त सुवेदी स्मृति पत्रकारिता पुरस्कार : यो सम्मान झुम्काका पत्रकार सुनिल चौधरीलाई वितरण गरिएको छ।

नेपाल पत्रकार महासंघ का केन्द्रीय अध्यक्ष निर्मला शर्मा प्रमुख अतिथिमा उक्त्त कार्यक्रम आहेका थिए ।

१.गफार अन्सारी – हरिनगर गाउँपालिका अध्यक्ष

२. सुनील चाैधरी – फाेनिज सुनसरी अध्यक्ष

३. मनिता चाम्लिङ – डब्लु डब्लु जे सुनसरी अध्यक्ष

४. तीर्थ कार्की – प्रेस सेन्टर नेपाल सुनसरी अध्यक्ष

५. अइन्द्रविक्रम बेघा – कार्यबाहक नगरप्रमुख धरान

६. विकल पाैडेल – प्रेस चाैतारी नेपाल सुनसरी अध्यक्ष

७. ध्रुव ढकाल – नेपाल प्रेस युनियन सुनसरी अध्यक्ष

८. सागर भट्टराई – हिसान सुनसरी अध्यक्ष

९. जीवन पराजुली – केन्द्रीय सदस्य उद्याेग वाणिज्य सङ्घ

१०. महेन्द्र प्रधान – उद्याेग वाणिज्य महासङ्घ वरिष्ठ उपाध्यक्ष

११. हर्ष सुब्बा – अग्रज पत्रकार

१२. कुमुद अधिकारी – नेप महासङ्घ काेसी प्रदेश उपाध्यक्ष ,

वर्तमान अध्यक्ष सन्तोष काफ्ले ,लगाएत बिभिनन वरिष्ठ पत्रकारहरुको बाकलो उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको छ |

नेपाल पत्रकार महासङ्घ सुनसरीले यस साधारण सभामार्फत पत्रकारिता क्षेत्रमा विशेष योगदान पुर्याउने पत्रकारहरूलाई सार्वजनिक रूपमा सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको छ। पुरस्कृत सबै पत्रकारहरूलाई सम्मानपत्र प्रदान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय