धरानमा ‘समर म्युजिक फेस्ट २०२६’ को तयारी, चर्चित ब्यान्ड SWAR मुख्य आकर्षण

२०८३ जेष्ठ २१, बिहीबार
पढ्ने समय : < 1 मिनेट

धरानमा संगीतप्रेमीहरूका लागि बहुप्रतिक्षित ‘Summer Music Fest 2026’ आयोजना हुने भएको छ । आगामी जेठ २९ गते शुक्रबार साँझ ५ बजेदेखि धरान रंगशालामा आयोजना हुने उक्त कार्यक्रममा चर्चित ब्यान्ड SWAR ले प्रत्यक्ष प्रस्तुति दिने आयोजक पक्षले जनाएको छ । कार्यक्रममा विभिन्न कलाकार तथा सांगीतिक समूहहरूको समेत प्रस्तुति रहने छ ।

कार्यक्रम Silver Entertainment को आयोजनामा तथा विभिन्न साझेदार संस्थाको सहकार्यमा हुन लागेको हो । कार्यक्रममा ९० को दशकका गीतहरू प्रस्तुत गर्ने “Rohit & The Crew”, Simma Rai लगायत अन्य कलाकारहरूको समेत प्रस्तुति रहने बताइएको छ । टिकट व्यवस्था डिजिटल माध्यमबाट उपलब्ध गराइएको जानकारी समेत सार्वजनिक गरिएको छ ।

धरानमा पछिल्ला वर्षहरूमा सांगीतिक कार्यक्रमप्रति दर्शकको आकर्षण बढ्दो रहेको अवस्थामा यस कार्यक्रमले पनि ठूलो दर्शक सहभागिता जुटाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय