धरानमा ३९ औँ अन्तर्राष्ट्रिय लागुऔषध तथा अवैध ओसारपसार विरुद्ध दिवस मनाइँदै

२०८३ असार १०, बुधबार
पढ्ने समय : < 1 मिनेट

धरान, असार १२ गते “लागुऔषधको चुनौती चिनौ : सामाजिक समाधानको बाटो खोजौँ” भन्ने मूल नारासहित धरानमा ३९ औँ अन्तर्राष्ट्रिय लागुऔषध तथा अवैध ओसारपसार विरुद्ध दिवस २०८३ मनाइँदै छ।

धरान पुनःस्थापित समूह, धरान–सुनसरीको आयोजनामा तथा धरान उपमहानगरपालिकाको सहकार्यमा शुक्रबार विविध सचेतनामूलक कार्यक्रमसहित दिवस मनाउन लागिएको छ । प्रत्येक वर्ष जुन २६ तारिखका दिन विश्वभर मनाइने यस दिवसले लागुऔषध दुर्व्यसन र अवैध ओसारपसारका विरुद्ध जनचेतना फैलाउने, रोकथाम तथा पुनःस्थापनाको महत्वबारे सन्देश प्रवाह गर्ने उद्देश्य राखेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय