राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेठ २३ र २४ गते देशभर जिल्ला अधिवेशन सञ्चालन गरिरहेको छ। पार्टीका अनुसार प्रथम राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी गरिएको छ भने जेठ २६ गतेदेखि प्रदेश अधिवेशन पनि सुरु हुनेछन्।यसैबीच, पार्टीको संगठित सदस्य संख्या ५ लाख नाघेको र संगठन विस्तार अभियान तीव्र गतिमा अघि बढिरहेको रास्वपाले जनाएको छ।

सुनसरी जिल्ला अधिवेशनबाट सागर दाहाल सभापतिमा निर्वाचित भएका छन्। त्यसैगरी राजेशमान श्रेष्ठ उपसभापति, राजाराम कुमार मेहता सचिव (सर्वसम्मत) तथा योगेन्द्र गिरी सह–सचिव (सर्वसम्मत) मा निर्वाचित भएका छन्। लक्ष्मी सुवेदी, राजकुमारी मेहता, रेणुका हरिजन, धरमवीर आर्य र गोकुल थापा सदस्यमा निर्वाचित भएका छन्।नवनिर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
🔹 सभापति: सागर दाहाल
🔹 उपसभापति: राजेशमान श्रेष्ठ
🔹 सचिव: राजाराम कुमार मेहता (सर्वसम्मत)
🔹 सह–सचिव: योगेन्द्र गिरी (सर्वसम्मत)
निर्वाचित सदस्यहरू:
▪️ लक्ष्मी सुवेदी
▪️ राजकुमारी मेहता
▪️ रेणुका हरिजन
▪️ धरमवीर आर्य
▪️ गोकुल थापा






