
धरान उपमहानगरपालिकाको सहकार्यमा अनलाइन मिडिया एसोसिएसन नेपाल, धरान सुनसरीद्वारा आयोजना “ए.आई. सम्बन्धी आधारभूत प्रशिक्षण” सम्पन्न भएको छ।

कार्यक्रममा धरान उपमहानगरपालिकाका प्रमुख अतिथि अइन्द्र विक्रम बेघा, अनलाइन मिडिया एसोसिएसन नेपालका अध्यक्ष स्वर्निमहाङ्ग लिम्बु, सचिव अशोक बिस्वकर्मा , प्रशिक्षक लिलाराज भण्डारी नेपाल पत्रकार महासङ्घका अध्यक्ष सन्तोष काफ्ले लगायतको उपस्थिति रहेको थियो।
पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई) को प्रयोग विभिन्न क्षेत्रमा बढ्दै गएको अवस्थामा सूचना प्रवाहलाई अझ प्रभावकारी, छिटो र सत्यतामा आधारित बनाउन यो कार्यक्रम उपयोगी हुने विश्वास लिएर कार्यक्रम ल्याइ पत्रकार र अन्लाइन पत्रकारिता गर्नेहरुलाइ सहज हुने आशाले ल्याइएको कार्यक्रम सफलता साथ सम्पन्न भएको थियो !

प्रशिक्षण कार्यक्रममा सहभागीहरूलाई कृत्रिम बौद्धिकता (AI) को आधारभूत प्रयोग, सञ्चार क्षेत्रमा यसको प्रभावकारी उपयोग तथा डिजिटल माध्यममा सुरक्षित र जिम्मेवार प्रयोगबारे जानकारी दिएको थियो ।

आयोजकका अनुसार पछिल्लो समय सञ्चार तथा पत्रकारिता क्षेत्रमा एआईको प्रयोग बढ्दै गएकाले युवापुस्तालाई प्रविधिमैत्री बनाउन यस्तो प्रशिक्षण प्रभावकारी हुने बताएका छन ॥ कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।






