आज श्रावण महिनाको पहिलो सोमबारसँगै पिण्डेश्वरधाममा बोलबम यात्राको औपचारिक सुरुआत भएको छ। यस वर्ष पहिलो दिन भक्तजनको उपस्थिति अपेक्षाकृत कम देखिए पनि आगामी सातादेखि श्रद्धालुको संख्या उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ।
प्रत्येक वर्षझैँ पिण्डेश्वर धाममाश्रावणभर बोलबम मेलाको आयोजना हुने गर्दछ। आइतबार साँझदेखि नै भक्तजनहरू बराहक्षेत्र पुगेर पवित्र जल संकलन गर्छन्। त्यसपछि रातभर पैदल यात्रा गर्दै सोमबार बिहान धरानस्थित पिण्डेश्वर मन्दिरमा पुगेर भगवान शिवलाई जल अर्पण गर्ने परम्परा रहिआएको छ।
श्रद्धा, आस्था र भक्तिको प्रतीक मानिने यो यात्रा श्रावण महिनाभर निरन्तर चल्ने भएकाले आगामी सोमबारहरूमा पिण्डेश्वरधाम भक्तजनको उल्लेख्य भीडले भरिने अपेक्षा गरिएको छ।





