बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार र आइतबार सार्वजनिक बिदा

२०८३ बैशाख २७, आईतवार
पढ्ने समय : < 1 मिनेट

धरान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा हरेक शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू भएको छ। प्रतिष्ठानको योजना, अनुगमन तथा मूल्याङ्कन समितिको सिफारिसपछि मिति २०८३ जेठ ८ गतेदेखि यो व्यवस्था कार्यान्वयनमा लागु हुने।

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२ चैत २२ गते राजपत्रमा प्रकाशित सूचना र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिपत्रको आधारमा यो निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।

नयाँ व्यवस्थाअनुसार अब हरेक शुक्रबार पूर्ण कार्यालय सन्चालन रहनेछ भने शनिबार र आइतबार सार्वजनिक बिदा दिइनेछ। तर, पूर्व निर्धारित परीक्षा कार्यक्रमहरू भने यथावत रूपमा सञ्चालन हुनेछन्।

प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख डा. इन्न कुमार लिम्बुद्वारा जारी सूचनामा सम्पूर्ण सम्बन्धित पक्षलाई यसबारे जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय