धरान । सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध भोलि धरानमा Gen-Z पुस्ताले ठूलो प्रदर्शन गर्ने भएका छन्। आयोजक युवाहरूका अनुसार भोलि बिहान १० बजे धरानको भानुचोकमा भेला भई र्याली सुरु गरिने छ। र्याली भानुचोकबाट सुरु भई छाताचोक हुँदै धरान उपमहानगरपालिका कार्यालय पुग्ने र त्यसपछि पुनः भानुचोकमै आएर समापन गरिने कार्यक्रम तय गरिएको छ।
सहभागीहरूले हातमा प्लेकार्ड, ब्यानर र राष्ट्रिय झण्डा बोकेर भ्रष्टाचार अन्त्य गर्नुपर्ने, युवालाई रोजगारी दिनुपर्ने, सामाजिक सञ्जाल प्रतिबन्ध तुरुन्त हटाउनुपर्ने लगायतका मागसहित नाराबाजी गर्ने तयारी गरेका छन्। “सामाजिक सञ्जाल बन्द नगर्नु, अभिव्यक्ति स्वतन्त्रता खोस्न पाइँदैन” भन्ने जस्ता नाराहरू मुखरित हुने अनुमान गरिएको छ।
आयोजकहरूले शान्तिपूर्ण र सभ्य तरिकाले आन्दोलन सञ्चालन गर्ने बताएका छन्। प्रशासनले समेत भोलिको प्रदर्शनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आवश्यक सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ। धरानका मुख्य चोक तथा नगरपालिका वरिपरि प्रहरी तैनाथ गरिने जनाइएको छ।
धरानमा हुने यो विरोध प्रदर्शनलाई काठमाडौंसहित देशका विभिन्न ठाउँमा सुरु भएको Gen-Z आन्दोलनसँग जोडेर हेरिएको छ। युवाहरूको भनाइमा यो आन्दोलन कुनै राजनीतिक दल वा संगठनको नभई स्वतन्त्र रूपमा अगाडि बढाइएको नागरिक आन्दोलन हो। उनीहरूले यसलाई डिजिटल स्वतन्त्रता र सुशासनका लागि उठाइएको चेतावनी स्वरूपको आन्दोलनका रूपमा प्रस्तुत गरेका छन्।
Agenda:
1. Unban Social Media immediately & ensure full fledged Freedom of Speech in upcoming social media bill.
2. The current Prime Minister has proven to be insensitive, incompetent, and unfit for leadership. We demand his resignation, and we firmly declare: those who have tested and failed multiple times must never again return to public office.
3. Establish an Independent, Transparent institution (like Ombudsman) free and impartial from political influence- so that corruption, abuse of power, and injustice can be held accountable at every level.
यो आन्दोलन कसको होइन
1. राजावादी को होइन
2. व्यवस्था परिवर्तन को होइन
3. कुनै राजनीतिक दल बिशेष को होइन।
के के हुँदैन
-
रुखबिरुवा भाँचिने हुँदैन, सार्वजनिक सम्पत्ति नष्ट हुँदैन।
-
होहल्ला, तोडफोड वा आगजनी हुँदैन।
-
फोहोर फालिने हुँदैन, वातावरण बिग्रिने हुँदैन।
-
द्वन्द्व वा आक्रमण हुँदैन, केवल शान्तिपूर्ण आवाज मात्र उठाइन्छ।
-
धम्की वा गालीगलौज हुँदैन, असभ्य व्यवहार देखिने हुँदैन।
-
कुनै राजनीतिक दलको एजेंडा अघि सारिने हुँदैन, केवल नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिन्छ।





