धरानमा “The Hip-Hop Movement for a Drug-Free Generation” हुन गइरहेको छ

२०८२ कार्तिक २२, शनिबार
पढ्ने समय : < 1 मिनेट

धरान — युवालाई लागुऔषधको दुष्प्रभावबाट टाढा राख्दै सकारात्मक सन्देश फैलाउने उद्देश्यका साथ “The Hip-Hop Movement for a Drug-Free Generation” शीर्षकमा विशेष हिप-हप कार्यक्रम नोभेम्बर १९ (November 19) मा हुन गइरहेको छ।

कार्यक्रम साँझ ६ बजे देखि १० बजेसम्म (6 PM – 10 PM) धरानस्थित Vintage Lounge & Bar मा आयोजना हुनेछ।

यो अभियानलाई The Urge Crew (करण कार्की, सुनिल गुरुङ र बसन्त तामाङ) ले आयोजना गर्दैछ। कार्यक्रममा WLF KUSH, GROOVY, RZE, AJEX र MST लगायतका चर्चित कलाकारहरूले धमाकेदार हिप-हप प्रस्तुति दिने छन्। कार्यक्रमको सञ्चालन सुदीप योल्मो योंजनले गर्ने छन्।

संगीत, नृत्य र सन्देशको माध्यमबाट युवामा “लागुऔषधमुक्त पुस्ताको सन्देश” फैलाउने यो कार्यक्रमले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय