धरानमा ४ औँ संस्करणको ‘5km Leo Interschool Run 2025’ मंसिर २० गते हुने

२०८२ मंसिर १६, मंगलवार
पढ्ने समय : 2 मिनेट

धरान। लियो क्लब अफ धरान विजयपुरले ‘Run with Passion’ भन्ने नाराका साथ ५ किमी इन्टरस्कुल रन प्रतियोगिताको ४ औॅ संस्करण आगामी मंसिर २० गते शनिबार आयोजना गर्न लागेको छ।

प्रत्येक वर्ष जस्तै यस वर्ष पनि लियो सप्ताह (Dec 1-7) को अवसरमा आयोजना हुन लागेको यस दौड प्रतियोगितामा धरान तथा आसपासका विद्यालयका विद्यार्थीहरूको सहभावपूर्ण उपस्थिति रहने आयोजकले जनाएको छ।
गत वर्ष करिब ५० वटा विद्यालयका ८०० भन्दा बढी विद्यार्थीले सहभागिता जनाएकोमा, यस वर्ष १२ सयभन्दा बढी विद्यार्थी सहभागी हुने क्लबका अध्यक्ष वर्ष गुरुङले जानकारी गराउनुभयो ।
यस दौड प्रतियोगितामा कक्षा ७ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहनेछ। कक्षा ७ देखि १० सम्मका छात्र तथा छात्रा र कक्षा ११ र १२ का छात्र तथा छात्रागरी प्रतियोगिता चारवटा विधामा सम्पन्न हुनेछ ।

विजेता विद्यार्थीहरुलाई आकर्षक पुरस्कार राखिएको छ। हरेक समूहतर्फ प्रथम हुनेले पदक सहित ९ हजार रुपैयाँ, दोस्रो हुनेले पदक सहित ७ हजार रुपैयाँ र तेस्रो हुनेले पदक सहित ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

दौड पुरा गर्ने पहिलो १०० धावकधाविकाहरुलाई मेडल वितरण गरीनेछ भने सहभागीहरु सम्पुर्णलाई टिःसर्ट र सहभागिताको प्रमाण पत्र प्रदान गरीनेछ। मङ्सिर २० गते शनिबार बिहान ७ बजे भानुचोकबाट पुतलीलाईन हुँदै दौड सुरु हुनेछ। दौड भानुचोकबाट पुतली लाईन, दुर्गा चोक, कल्याण चोक, पानीट्याङ्की, छाताचोक, सिंहदेवी चोकबाट देशीलाईन हुँदै पुनः भानुचोकमा पुगेर समापन हुनेछ। प्रतियोगितामा सहभागिता जनाउन अनिवार्य रजिस्ट्रेशन गर्नुपर्दछ जसको शुल्क रु २५० रहेको छ।

सहभागीहरु अनिवार्य रुपमा विद्यार्थी हुनु पर्दछ र विद्यार्थीको परिचय खुल्ने परिचयपत्र वा विद्यालयको सिफारीस पत्र साथमा हुनुपर्नेछ। यस कार्यक्रमको मुख्य स्पोनसर नेपाल लाइफ इन्स्योरेन्स र को-स्पोन्सर एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेस रहेको छ।

खेलकुदप्रति विद्यार्थीहरूको रुचि बढाउनुका साथै उनीहरूलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराउने उद्देश्यले दौड आयोजना गरिएको क्लबका अध्यक्ष गुरुङले बताउनुभयो।

यस प्रतियोगितालाई सफल बनाउन स्थानीय सरकार, विद्यालयहरू, खेलकुदसम्बद्ध संघ-संस्था तथा खेलप्रेमीहरूलाई साथ-सहयोगको अपिल गरिएको क्लबले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय