धरान जिरोपोइन्टमा स्कुल बस दुर्घटना: ५ जनाको मृत्यु, १२ जना घाइते

२०८२ माघ ४, आईतवार
पढ्ने समय : 2 मिनेट

धरान उपमहानगरपालिका–१३, जिरोपोइन्ट नजिक धनकुटा तर्फबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको टाइम इन्टरनेसनल एकेडेमी स्कुल बस दुर्घटना भएको छ। प्रारम्भिक जानकारी अनुसार बसको ब्रेक फेल भई न्यू सबा मेडिकल एण्ड हेल्थ क्लिनिकभित्र ठोक्किँदा दुर्घटना भएको हो।
यस दुर्घटनामा ५ जनाको मृत्यु भएको र १२ जना घाइते भएका छन्।
धरानका DSP भिषण बाबु राईले दिएको जानकारी अनुसार मृत्यु हुनेहरू:
१. रिसब कुमार मण्डल, १८ महिनाको बच्चा, धनुषा जिल्ला, जनकपुर नगरपालिका–१
२. धौरिय कुमार यादव, ३१ वर्ष, गैंडावेदपुरा–८, महोत्तरी
३. नैन थापामगर, १९ वर्ष, मेचीनगर नगरपालिका–५, झापा
४. उमेश राई, २० वर्ष, बराक्षेत्र नगरपालिका–३, सुनसरी
५. सुबेक्षा सुब्बा, २४ वर्ष, धरान–१३, फुस्रे
घाइतेहरू हाल धरान उपमहानगरपालिका–१७ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्।
घाइतेहरूको विवरण:
१. यशोदा श्रेष्ठ, ४३ वर्ष, धरान–१३ (अवस्था बोल्न सक्ने)
२. सतुना देवी मण्डल, ४० वर्ष, धनुषा, जनकपुर–१
३. रोहन मण्डल, १८ वर्ष, धनुषा, जनकपुर–१
४. रिता मण्डल, २५ वर्ष, धनुषा, जनकपुर–१
५. पुनिता मण्डल, ३० वर्ष, धनुषा, जनकपुर–४
६. मोहम्मद गुलाम, २५ वर्ष, महोत्तरी, नापा–४
७. लक्ष्मी मण्डल, २२ वर्ष, धनुषा, जनकपुर–५
८. राजा बाबु, १८ वर्ष, धनुषा, जनकपुर–५
९. रोहित मण्डल, २४ वर्ष, धनुषा, जनकपुर–५
१०. मनिता देवी मण्डल, ४० वर्ष, धनुषा, जनकपुर–५
११. जितेन्द्र मण्डल, ३८ वर्ष, धनुषा, जनकपुर–४
१२. कृष्ण मण्डल, २० वर्ष, धनुषा, जनकपुर–५

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय