धरान । ‘गोफी धरान १० के रन २०२६’ अन्तर्गत १४ औँ नेवा च्यारिटी रनको तयारी तीव्र पारिएको छ। सोही कार्यक्रमबारे जानकारी दिन मंगलबार धरान किचेन हल (भानुचोक) मा प्रेस मिट आयोजना गरिएको हो। पत्रकार सम्मेलनमा आयोजक संस्थाका पदाधिकारीहरूले कार्यक्रमको उद्देश्य, तयारी अवस्था तथा सहभागिताबारे विस्तृत जानकारी दिएका थिए। यस वर्षको रन दिवंगत नन्दा कुमार राईको स्मृतिमा समर्पित गरिएको जनाइएको छ।
आयोजकका अनुसार यस पटक प्रतियोगितामा ३२०० देखि ३५०० सम्म धावक तथा धाविकाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रमलाई थप आकर्षक बनाउन चर्चित गायक राजु लामाको विशेष उपस्थिति रहनेछ भने The Voice of Nepal सिजन ७ का विजेता नीता थापा मगरको पनि प्रस्तुति रहने जानकारी दिइएको छ। सहभागी धावक/धाविकाहरूका लागि १ दिने १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा उपलब्ध गराइनेछ। आयोजकले खेल पर्यटनमार्फत धरानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमका मुख्य प्रायोजक गोफी क्लोदिङ ब्राण्ड रहेको छ भने सह–प्रायोजक तथा मेडिकल पार्टनरका रूपमा बिराट मेडिकल कलेज, बिराट क्यान्सर इन्स्टिच्युट, न्युमिउ, बराह गार्मेन्ट, नेपाल रन यूके र सगरमाथा टेलिभिजन रहेका छन्। प्रतियोगितामा खुल्ला तर्फ (महिला/पुरुष) प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु. ६०,०००, ४०,००० र ३०,००० प्रदान गरिनेछ। अण्डर–१३, अण्डर–१६, भेट्रान तथा मिड–भेट्रान (महिला/पुरुष) तर्फ क्रमशः रु. ७,०००, ५,००० र ३,००० पुरस्कार तोकिएको छ भने सुपर भेट्रान (महिला/पुरुष) लाई रु. ७,००० प्रदान गरिनेछ। ह्विलचेयर महिला तथा पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु. ५,०००, ३,००० र २,००० प्रदान गरिनेछ। साथै स्थानीय महिला तथा पुरुष धावक/धाविकालाई रु. ५,००० बराबरको उपहार प्रदान गरिनेछ र वडा अध्यक्ष रनिङ दौडतर्फ प्रथम हुनेलाई शिल्ड पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।



मुख्य जानकारीहरू:
-
यस पटक सहभागी हुने संख्या ३२०० देखि ३५०० सम्म रहने अपेक्षा।
-
कार्यक्रमका आकर्षण रूपमा चर्चित गायक राजु लामाको उपस्थिति रहनेछ।
-
साथै The Voice of Nepal सिजन ७ का विजेता नीता थापा मगरको पनि विशेष प्रस्तुति रहनेछ।
-
धावक/धाविकाका लागि १ दिने १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा उपलब्ध गराइनेछ।
-
खेल पर्यटन प्रवर्द्धनमार्फत धरानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास आयोजकको रहेको छ।
🏆 पुरस्कार राशी
🔹 खुल्ला तर्फ (महिला/पुरुष):
-
प्रथम – रु. ६०,०००/-
-
दोस्रो – रु. ४०,०००/-
-
तेस्रो – रु. ३०,०००/-
🔹 अण्डर–१३, अण्डर–१६, भेट्रान, मिड–भेट्रान (महिला/पुरुष):
-
प्रथम – रु. ७,०००/-
-
दोस्रो – रु. ५,०००/-
-
तेस्रो – रु. ३,०००/-
🔹 सुपर भेट्रान (महिला/पुरुष):
-
रु. ७,०००/-
🔹 ह्विलचेयर (महिला/पुरुष):
-
प्रथम – रु. ५,०००/-
-
दोस्रो – रु. ३,०००/-
-
तेस्रो – रु. २,०००/-
🔹 स्थानीय धावक/धाविका (महिला/पुरुष):
-
रु. ५,००० बराबरको उपहार
🔹 वडा अध्यक्ष रनिङ दौड:
-
प्रथमलाई शिल्ड पुरस्कार
आयोजकका अनुसार कार्यक्रमले धरानमा खेलकुद गतिविधिलाई थप सक्रिय बनाउनुका साथै खेल पर्यटनमार्फत आर्थिक र सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ।




