नेपाल प्रहरीको ३२औँ महानिरीक्षक (आईजीपी) पदमा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त भएका छन्। उनी (किराँत) समुदायबाट दोस्रो महानिरीक्षक हुन्, जसले नेपाल प्रहरीको नेतृत्वमा आफ्नो समुदायको प्रतिनिधित्व थपेका छन्।
नेपाल प्रहरीमा किराँत नेतृत्वको यात्रा स्व. ज्ञानबहादुर यख्तुम्बा बाट सुरु भएको थियो। लिम्बु समुदायका यख्तुम्बा वि.सं. २०१०–२०१२ (December 1953 – August 1955) सम्म IGP पदमा रहेका थिए। उनले DIG हुँदै IGP पद सम्हाल्दा प्रहरी प्रशासनमा पारदर्शिता, अनुशासन र निष्पक्ष निर्णयको उदाहरण प्रस्तुत गरेका थिए।
ज्ञानेन्द्रबहादुर यख्तुम्बा केवल प्रहरी नेतृत्वमा सीमित नभई, प्रजातन्त्रको स्थापना र संरक्षणमा निर्णायक भूमिका निभाएका थिए। वि.सं. २००७ सालको जनक्रान्तिमा उनको सक्रिय योगदानले राणाशासनको अन्त्य र लोकतन्त्रको स्थापनामा महत्वपूर्ण भूमिका खेलेको थियो। त्यसपछि उनि नेपालका विभिन्न कूटनीतिक जिम्मेवारीहरूमा पनि सेवा दिएका थिए, जस्तै बर्मा र ल्हासामा काउन्सिलर तथा राजदूत, जहाँ उनले नेपाललाई सम्मानजनक प्रतिनिधित्व दिएलाका थिए।
आज नियुक्त भएका चन्द्रकुवेर खापुङ पनि तीन दशक लामो सेवामा अपराध अनुसन्धानदेखि प्रदेश कमान्डसम्मका जिम्मेवारीहरू इमान, निष्पक्षता र परिणाममुखी कार्यशैलीसहित पूरा गर्दै प्रहरीमा विश्वासिलो नाम कमाएका छन्। २६ कात्तिक २०८२ सम्म छोटो कार्यकाल भए पनि, उनको नेतृत्वले पारदर्शिता, अनुशासन र जनविश्वासमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ।
यसरी, नेपाल प्रहरीमा किराँत समुदायको दोस्रो IGP को नियुक्तिले ऐतिहासिक र प्रेरणादायी अध्याय थपेको छ, जसले भविष्यका प्रहरी नेतृत्वमा समान अवसर र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने विश्वास जगाएको छ।




