
धरान–१७ को नमस्ते चोक मैदानमा सम्पन्न दोस्रो U-13 फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस स्कूलले हात पारेको छ । आज भएको फाइनल खेलमा नेपाल पुलिस स्कूलले गत संस्करणको विजेता तथा आजको फाइनलिस्ट Fair Football Club लाई १–० ले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो । विजेता टोली नेपाल पुलिस स्कूलले उपाधिसँगै रु.१५,००० प्राप्त गरेको छ भने उपविजेता बनेको Fair Football Club ले रु.१०,००० प्राप्त गरेको आयोजक समितिले जनाएको छ ।
(Picture: Ganesh Magar)







