धरान । धरान–११ स्थित D-11 फुटबल क्लब को आयोजनामा अन्डर २० फुत्सल टुर्नामेन्ट–२०८२ हुने भएको छ ।
भाद्र २८ गतेदेखि सुरु हुने प्रतियोगिता धरान फुत्सल, धरान–१० मा आयोजना गरिने क्लबले जनाएको छ । प्रतियोगितामा अधिकतम २४ टोली सहभागी हुने व्यवस्था गरिएको छ भने टिम दर्ता शुल्क प्रतिटिम रु. २,५०० राखिएको छ ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु. २५,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले नगद रु. १३,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता विधामा पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको टिम दर्ता गर्ने अन्तिम मिति भाद्र २५ गते तोकिएको आयोजकले जनाएको छ ।
यस प्रतियोगितालाई Karmaa Cafe र Victory British Gurkha Training Centre ले समर्थन गरेका छन् भने Mission Dharan मिडिया पार्टनरको रुपमा रहेको छ ।
सम्पर्कका लागि सुबोध राई (९८३२००९४५) र अविनाश जिमी (९८०८३८८८८८) लाई सम्पर्क गर्न सकिने आयोजकले जानकारी दिएको छ ।




