
नवोदित तथा चर्चित कलाकारहरूको सहकार्यमा तयार गरिएको नयाँ गीत ‘मेरो खुुशी’ सार्वजनिक भएको छ। भक्त राज कालिकोटेको प्रस्तुतिमा तयार गरिएको गीतमा सुरक्षा सिन्चुरी र भक्त राज कालिकोटेको स्वर रहेको छ भने गीतको शब्द तथा संगीत विजय वाम्बुले राईले तयार गरेका हुन्।
गीतलाई आधुनिक शैलीमा तयार गरिएको निर्माण पक्षले जनाएको छ। प्रेम र भावनात्मक कथावस्तु समेटिएको गीतले युवा पुस्तामाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी गीतको एरेन्ज तथा मिक्स मास्टर राजु कार्कीले गरेका छन्। रेकर्डिङ कार्य आर स्टुडियो खर्साङ्ग , आरएफ स्टुडियो मलेसिया तथा किङ स्टुडियो काठमाडौंमा सम्पन्न भएको जानकारी दिइएको छ।




