जिनियस ग्रोभ इन्टरनेशनल एजुकेशन अन्तराष्ट्रिय पठनपाठन परामर्श दाता को प्रस्तुतीमा लायन तथा लियो क्लब अफ बिराटनगर यंग हार्टको आयोजनामा “इन्टर कलेज वक्तृत्वकला प्रतियोगिता–२०२५” हुने भएको छ। कार्यक्रमको अध्यक्षता गर्दै लियो अध्यक्ष कुशल कोइरालाले वक्तृत्वकला प्रतियोगिता शैक्षिक, बौद्धिक तथा व्यक्तित्व विकासको प्रभावकारी मंच भएको बताएका छन्। उनले क्लबका तत्कालीन पूर्वअध्यक्ष स्व. लियो पुष्पा चौधरीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै प्रतियोगिता उनकै सम्झनामा आयोजना गरिएको जानकारी दिए।

त्यसैगरी लायन अध्यक्ष विक्रम राठीले प्रतियोगिता केवल प्रतिस्पर्धा नभई विद्यार्थीहरूको आत्मविश्वास, ज्ञान र व्यक्तित्व निखार्ने अवसर भएको बताए। कार्यक्रम संयोजक तथा सदस्यता प्रमुख लियो प्रथम ओझाले प्रतियोगिता मिति २०८२/०५/१३ गते बिहान १० बजेबाट सुरु हुने, मोरङ उद्योग व्यापार संघको हलमा कार्यक्रम हुनेछ भने वक्तित्वकला प्रतियोगिता को विषय “महंगी, बेरोजगारी र युवाको भविष्य” रहेको जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई आकर्षक पुरस्कार प्रदान गर्ने बताईएको छ।

कार्यक्रममा लायन सचिव निश्चल श्रेष्ठ, लायन उपाध्यक्ष पंकज कुमार बाहेती, डा. डिल्ली प्रसाई, लियो उपाध्यक्ष प्रसिद ढकाल, लियो कोषाध्यक्ष बिकास दाहाल , लियो सचिव ओसामा सखिल तथा लियो द्वितीय उपाध्यक्ष मासुम सिद्दिकी लगायत पदाधिकारीहरूको उपस्थिति थियो। आयोजकहरूले प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास र प्रभावकारी अभिव्यक्तिको क्षमतामा थप निखार ल्याउने विश्वास व्यक्त गरेका छन्।





