सुरु भयो नेपाल मा पनि Facebook 𝐂𝐨𝐧𝐭𝐞𝐧𝐭 𝐌𝐨𝐧𝐞𝐭𝐢𝐳𝐚𝐭𝐢𝐨𝐧. के हो त यो भनेको?

२०८२ भाद्र १८, बुधबार
पढ्ने समय : 2 मिनेट

Content Monetization फेसबुकमा आफ्ना फोटो, भिडियो, पोस्ट, स्टोरी जस्ता Eligible Contents हरुलाई Monetize गरेर कमाउन सकिने System हो । यसका लागी सर्जक Eligible Country मा हुन जरुरी छ, नेपाल अब Eligible Country भैसकेको छ ।

 

१. फेसबुकमा 𝐌𝐨𝐧𝐞𝐭𝐢𝐳𝐚𝐭𝐢𝐨𝐧 सुरु गर्ने प्रक्रिया

यो प्रयोग गर्न सबै भन्दा पहिले तपाइँको प्रोफाईल वा पेज Professional Mode मा Convert हुन पर्यो, Professional Mode चाहिँ आफ्नो प्रोफाईलको Setting मा गएर Turn On Professional Mode गर्नु पर्यो, तपाइँले आफु कस्तो खाले Creator हो, त्यहाँ सेट गर्नु पर्यो (जस्तो Singer, Actor, Digital Creator) त्यसपछी Professional Mode को Monetization Option मा जाने ।

तपाइँले पहिलेनै यो प्राप्त गरिसक्नु भयो भने Your Tools मा यो देखिन्छ,  Not Yet Eligible मा छ भने Content Monetization Click गरेर I am Intrested थिचेर, तपाइँ आफु कस्तो Creator हो, तपाइँलाई किन यो चाहियो भन्ने लेख्नुभएपनि हुन्छ वा खाली छोडदापनि हुन्छ, I am Intrested गर्नुस।

Intrest Submit भएपछी त्यो Tool तपाइँको मा देखिन समय लाग्छ, Facebook ले तपाइँलाई Accept गर्नु पर्ने हुन्छ, यो तपाइँको Profile Activity लगायतका कुरा हेरेर Facebook ले Automatic दिने कुरा हो।

जब तपाइँले यो Tool प्राप्त गर्नुहुन्छ, त्यसपछी तपाइँका Photo, Video, Story, Reels जस्ता Content ले Earning गर्न थाल्छन।

यो Earning भएको Balance तपाइँको Bank Account मा आउन तपाइँले Payout Setup गर्नुपर्ने हुन्छ ।

Payout Setup गर्न Profile Setting बाट Payments Section मा रहेको Payouts Option मा जानुहोला, यो Monetization कै option भित्र पनि भेट्नुहुनेछ।

 Setting मा जानुस, पहिले Tax form भर्नुहोस ।

Tax Info Submit गर्ने तरिका:-

  1. Legal Name : (नागरिकताको नाम)
  2. Date of birth English9 (AD) मा
  3. Business Type :- Individual (Business भए Business), Next
  4. Primary Address:- Nagarpalika,Ward Number
  5. Country Region:- Ex. Bagmati
  6. Post code, Kathmandu मा भए “44600”
  7. Email
  8. TIN: PAN Number
  9. By ticking the box (I certify)
  10. Add Tax Info
  11. Continue
  12. Continue
  13. Are you US Citizen: No
  14. Are you acting as: No
  15. Next
  16. Country of Citizenship: Nepal
  17. Taxpayer identification Number I have Non -US TIN
  18. Next
  19. Add your mailing address:- Next
  20. Provide Additional detail:
  21. 0% of service will be physically.
  22. Next
  23. I certifiy that
  24. Signature (Type your Full Name)
  25. Date as it is
  26. Next
  27. Review
  28. Submit Form
  29. Done

Tax Approve हुन पर्छ।

Payout option Setting Payout Method

Swift Code (आफ्नो Bank को Website मा हेर्नुहोला) हालेर आफ्नो Bank Account Number

नेपालमा यो सुविधा खुले पनि केही चुनौतीहरू रहन्छन्।

– सबैले Eligible हुन सजिलो छैन।

– Competition बढ्नेछ।

– Fake Engagement (फर्जी Like, Comment, View) को समस्या आउन सक्छ।

– Tax प्रणाली अझै स्पष्ट हुनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय